Weather Stations

Introduction

कृषिजलबायु र प्रबिधि सरकार आधुनिक कृषिलाई बढावा दिएर कृषि आधुनिकरण को नारा लिएर अगाडी बढ्न चाहन्छ। बिगतमा पनि नेपालको प्रमुख पेशा कृषि थियो र अहिले पनि बैज्ञानिक कृषि प्रमुख आवश्यकता देखिएको छ। बिगत ८-१० बर्ष हाम्रो कृषि खिइदै गएर २०-२५% मा मात्र सिमित भयो। अब यो घडीमा कोरोना संक्रमण का कारण कृषिलाई पुनर्जीवन नदिई सुखै छैन। हामीले कृषिको जति आधुनिकरण गर्ने भनेर घोकेपनि ब्यबाहिर प्रबिशिको प्रयोग बिना कृषि क्रन्ति सम्भव छैन। अहिले सम्म हामीसंग बैज्ञानिक कृषि को लागि सामान्य तथ्यांकसमेत छैन । न त त्यहाको हावापानीको विवरण थाहा छ न त माटो को विवरण नै। अघिल्लो बर्ष सम्मको डाटा त कृषकलाई थाहा होला तर २-३ -१० -२० बर्षको कसले सम्झने? हामीले बिगत २ बर्ष देखि एग्रो मेटेरोलोजिकल तथ्यांक संकलन तथा विश्लेषण गर्न सक्ने weather monitoring station बिकाश गरी NAST मा परीक्षण गरेर जडान पनि गरेका छौं । अब यसलाई गाउँ गाउँमा जडान गर्न सक्छौं । Agrometeorology विज्ञका अनुसार बालीको प्रस्ताव गर्न ३० बर्ष सम्मको डाटा आवश्यक पर्ने रहेछ । तर हामी अहिलेसम्म कृषि क्षेत्रलाई भनेर हामीले थाहा पाएअनुसार कतै मौसमी तथ्यांक संकलन गर्ने यन्त्र जडान गरिएको छैन भएपनि नगन्य नै होला । जल तथा मौसम बिज्ञान बिभागद्वारा नेपाल भरि जम्मा जम्मी २८२ वटा स्टेशन जडान गरिएको रहेछ, त्यस मध्ये कतिले काम नगरेका पनि होलान । यस्ता मौसमी तथ्यांक संकलन गर्ने स्टेशनहरु कम से कम हरेक पालिकामा जडान गर्न सके र त्यो तथ्यांकको आधारमा Agrometeorology विज्ञले सम्बन्धित ठाउँमा कस्तो बालि लगाउनु उपयुक्त हुन्छ भन्ने कुराको सुझाब दिन सक्छन यसको लागि हामीले तयार बनेको सफ्टवयर र यन्त्र यस्तो छ

Useful for:

Aggriculture
National Level Survey
Forecasting